Sunday, May 3, 2015


2 hrs · 

रामवाच्छा बजार व्यावस्थापन समितीद्धारा राहत वितरण



थप राहत लिएर गोरखा जाने तयारी (भिडियो सहित)

पव्लिक आवाज
एक साता अघि मुलुकभर क्षति पु¥याउनेगरी आएको महाभूकम्पवाट पीडित परिवारलाई वालिङ नगरपालिका
  
वाड नं ८ रामवाच्छा बजार व्यवस्थापन समितिले राहत संकलन गरी आज एक कार्यक्रमका बिच हस्तान्तरण

 गरेको छ । रामवाच्छाका स्थानीयहरुवाट संकलित रु १ लाख २६ हजार नगदवाट पीडित परिवारलाई राहत

प्रदान गरिएको हो ।

विनाशकारी महाभूकम्पवाट लाखौ मानिस प्रभावित भएपछि मानवताको सेवामा सक्रिय भएर राहत संकलन

गरिएको रामवाच्छा बजार व्यवस्थापन समितीका अध्यक्ष पदम गुरुङले बताए । उनका अनुसार भूकम्पका कारण देश शोकाकुल बनेको अवस्थामा पीडित परिवारका लागि केही भएपनि गरौं भन्ने सेवा भावका कारण स्थानिय बजार व्यवस्थापन समितीको सक्रियतामा राहत संकलन गरी पहिलो चरणमा रामवाच्छामा पूर्णरुपमा घर क्षति भएका ४ परिवारका लागि राहत वितरण गरिएको पव्लिक आवाजलाई जानकारी दिए ।
वालिङ ८ रामवाच्छाका ऋषि काफ्ले, रेशम गुरुङ, शिवकुमारी अर्याल र गिरिधारी काफ्लेको घर पूर्णरुपमा क्षति भएका कारण उनीहरुलाई राहत प्रदान गरिएको अध्यक्ष गुरुङले बताए । राहत वितरण कार्यक्रममा पीडितहरु मध्ये ऋषि काफ्ले र रेशम गुरुङले पाएको राहत स्वरुपको नगद पाँच हजार पुन समितीलाई फिर्ता गरिएको छ । दुबैले देशमा आफूहरु भन्दा बढि पीडितहरु आज खान नपाएर छटपटाइरहेको अवस्थामा उनीहरुको लागि आफूले पाएको रकम पुन ः फिर्ता गरेको वताए ।
रामवाच्छावाट गोरखा जिल्लाको अति प्रभावित क्षेत्रमा राहत लिएर जाने तयारी भइरहेको छ । प्रभावित क्षेत्रका वासिन्दाको मुख्य आवश्यकता पहिचान गरेर सम्भव भएसम्म वालिङमा राहत संकलन गरेका संघ संस्थाहरु संग सामुहिकरुपमा राहत लिएर जाने समितीका अध्यक्ष पदम गुरुङले 
जानकारी दिए ।




No comments:

Post a Comment