विपत्तीको वेला वालिङका व्यापारीहरु चुनावी प्रतिस्पर्धामा
प्रदिप कोइराला
पव्लिक आवाज
विनाशकारी महाभूकम्पले देश शोकाकुल वनेको वेला स्याङ्जाको वालिङमा भने व्यापारीहरुको छाता संगठन वालिङ उद्योग वाणिज्य संघको मन्द गतिमा वढिरहेको चुनावी सरगर्मी अहिले भने हवा्त्तै वढेको छ । वालिङ नगरपालिकको घोषणा संगै २०५४ सालमा स्थापित वालिङ उद्योग वाणिज्य संघ आफ्नो पहिचान र अस्थित्वलाई कायम राख्दै वर्तमान अवस्था सम्म आइपुगेको छ । वालिङ उद्योग वाणिज्य संघको यही वैशाख १९ देखि २२ गतेसम्म छैटौं अधिवेशन तथा १३औं साधारण सभा हुँदैछ ।
संघले वैशाख २२ गतेका लागि नयाँ नेतृत्वको निर्वाचनको मिति तोकेको छ । त्यसका लागि चुनावी प्रचार–प्रसार तिव्ररुपमा अगाडी वढिरहेको छ । निर्वाचन आफ्नो पक्षमा हातपार्न जिल्लाका राजनैतीक दलहरु समेत तछाड–मछाड गरेर लागेका छन् । जसले गर्दा चुनावलाई व्यापारीहरुको नभई राजनीतिक दलहरुको होडवाजीमा केन्द्रित हुन थालेको छ ।
गत शनिवार मुलुकभरनै आएको महाभूकम्पको कारण सुषुप्त अवस्थामा रहेको चुनावी प्रचार–प्रसार अहिले भने तिव्र गतिमा अगाडी वढेको छ । निर्वाचनका लागि नेपाली काँग्रेस निकट लोकतान्त्रिक प्यानलवाट अर्जुन खनालले नेतृत्व गरेको १६ जनाको समुह र नेकपा एमाले निकट प्यानलवाट शोभाकान्त पौडेलले नेतृत्व गरेको १६ जनाको समुह गरी ३२ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उता आफूलाई स्वतन्त्र उमेद्वार वताउने राष्ट्रिय जनमोर्चा स्याङ्जाका उपाध्यक्ष हुमवहादुर रानाको समुह पनि चुनावी प्रतिस्पर्धामा आउने वताइएको छ । रानाले सचिव पदमा उमेद्वारी दिने घोषणा गरेका छन भने उनकै समुहवाट सो भन्दा तलका पद्हरुमा उमेदवारी दिने समेत रानाले वताए ।
निर्वाचनको मिति नजिकिंदै जाँदा दुवै समुहले व्यापारीहरुको हितका लागि भन्दै महत्वकाँक्षी योजना मतदाताहरु समक्ष सार्वजानिक गरेका छन् । अर्कोतर्फ चुनाव प्रचार शैली खर्चिलो र भडकिलो वन्दै गइरहेको छ । यसवाट साधारण चिया पसल गरेर जिविकोपार्जनगर्नेहरुले संघमा नेतृत्व लिन गाह्रो देखिएको छ । वालिङ उद्योग वाणिज्य संघलाई विगतदेखि वर्तमान सम्म हेर्दा आफ्ना सदस्यहरुको व्यापार–व्यवसाय र उद्योग धन्दाका अतिरिक्त आफ्नो कार्यालय व्यवस्थापन र वालिङमै अत्यान्त आवश्यकको रुपमा रहेको वहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्न सफल रहेको छ । यसको श्रेय संघमा नेतृत्व गरेका पूर्व अध्यक्षहरुले पाएका छन् । वर्तमान नेतृत्वले संघलाई आर्थिकरुपमा पारदर्शी र ऋण मुक्त गराउन विभिन्न कार्यक्रमहरु सन्चालन गरेको थियो ।
संघको छैटौं अधिवेशनको पूर्वसन्ध्यामा मत अफ्नो पोल्टामा पार्न कम्मर कसेर लागिपरेका उमेद्वारहरु विभिन्न लोभ प्रलोभन र झुट्टा आश्वासन देखाउन पनि पछि परेका छैनन् । आफूलाई साझा उमेद्वार वताउने एमाले निकट पौडेल वालिङ नगर समितीका अध्यक्ष समेत हुन् । हालैमात्र संघमा अध्यक्षको उमेदवारी पश्चात पौडेलले एमाले नगर अध्यक्षवाट राजिनामा दिएको भनि उनै प्रकाशक रहेको एक पत्रिकाले सार्वजानिक गरेको भएतापनि पव्लिक आवाजले सोधेको प्रश्नमा राजिनामा नभई उपाध्यक्ष यामकान्त खनाललाई चुनाव अवधीभरका लागि कार्यभार हस्तान्तरण गरेको वताएका छन् ।प्रस्तुत छ चुनाव सम्वन्धि केन्द्रित रहेर पव्लिक आवाजले दुवै प्यानलका अध्यक्षका प्रत्यासीहरुसंग गरेको कुराकानी –

No comments:
Post a Comment