Friday, May 8, 2015


क्षेत्रीयस्तरका गरिमा र निलगिरि विकास बैंक गाभिने, राष्ट्रियस्तरको बन्ने, पुँजी ७१ करोड

Print Email   प्रकाशित मिति: May 06, 2015
 52   0  0  0 


काठमाडौं । गरिमा विकास बैंक र निलगिरि विकास बैंक आपसमा गाभिने भएका छन् । पोखराको महेन्द्रपुलमा प्रधान कार्यालय रहेको गरिमा र म्याग्दीको न्युरोडमा प्रधान कार्यालय रहेको निलगिरि अपासमा गाभिने सम्झौतापत्रमा मंगलवार हस्ताक्षर भएको छ । 
 
दुवै संस्था गाभिएर राष्ट्रिय स्तरको विकास बैंक बन्ने छन् । सहमतिपत्रमा गरिमाका अध्यक्ष दिलिपप्रताप खाँण र निलगिरिका अध्यक्ष हरिकुमार श्रेष्ठले  हस्ताक्षर गरेका छन् ।
 
गरिमा १० जिल्ला कार्यक्षेत्र र निलगिरि तीन जिल्ला कार्यक्षेत्र रहेको ख वर्गको विकास बैंक हुन् । गरिमाको चुक्ता पूँजी ५६ करोड १० लाख रुपैयाँ र निलगिरिको १५ करोड रुपैयाँ छ । 
 
गाभिएपछि पुँजी ७१ करोड १० लाख रुपैयाँ पुग्ने छ । गाभिएपछी बैकको नाम गरिमा विकास बैंक हुने छ । लोगो भने  निलगिरि विकास बैंकको हुने छ । 
 
गाभिएर बन्ने विकास बैंकको एउटा एक्स्टेन्सन काउण्टर र २५ वटा शाखा कार्यालय पुग्ने गरिमाका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले बताए ।  
- See more at: http://www.bizmandu.com/content/-11582.html#.VUyPfPmqqkp

No comments:

Post a Comment